मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
दसैँ टीका ग्रहण गर्दै कदीबन्दी र उनीहरूका आफन्तजन।
Invalid date format १२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ कारागारका कैदीबन्दीले लगाए टीका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१o:oo

जिल्ला कारागार लमजुङका कैदीबन्दीले कारागारमै टीका लगाएका छन्। विजयादशमीका दिन कारागारमा रहेका ज्येष्ठ कैदी ६१ वर्षीय रेपबहादुर थापाको हातबाट कारागारमा रहेका कैदीबन्दीले टीका लगाएका हुन्।

गत वर्ष कोरोनाका कारण  कैदीबन्दीलाई आफन्तजनसँग टीका लगाउन रोक लगाए पनि  यस वर्ष आफन्तलाई टीका लगाउन कारागारमा खुला गरिएको  लमजुङ कारागारका जेलर  जगदीश मिश्रले बताए। कारागारमा सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरीले कैदीबन्दीका परिवार र आफन्तलाई टीका र जमरा लगाउन व्यवस्थापन  गरेको हो।

कारागार प्रशासनले टीका लगाउन आउनेका लागि शुक्रबार टीकाको साइत १० बजेर २ मिनेट जाँदादेखि साँझ ५ बजेसम्मको समय मिलाएको थियो। यस्तै, टाढाबाट आउनेका लागि शनिबारदेखि पूर्णिमाको दिनसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म टीका र जमरा लगाउने व्यवस्थापन गरेको जेलर मिश्रको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णबहादुर कार्कीले कैदीबन्दीका आफन्त टीका लगाउन जिल्लाबाहिरबाट शनिबारदेखि पूर्णिमासम्म आउने भएकाले सुरक्षा व्यवस्थापन मिलाइएको बताए । ३५ जनाको क्षमता रहेको कारागारमा हाल एक सय चारजना कैदीबन्दी छन्। जसमा ९४ जना पुरुष र  १० जना महिला  कैदीबन्दी रहेका छन्।