मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ३० शनिबार
  • Wednesday, 02 September, 2026
२o७८ असोज ३० शनिबार १o:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिराहामा एक युवकको शव इनारमा फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३० शनिबार १o:४६:oo

सिराहामा एक युवकको शव इनारमा फेला परेको छ। सिराहाको नरहा गाउँपालिका- ३ नयाँ चोक चोइवामा एक जना युवकको शव इनारमा फेला परेको हो।

मृतक गोलव.बजार नगरपालिका– ८ का १८ वर्षीय शत्रुधन महतो रहेको प्रहरीले जनाएको छ। गएराति नयाँ चोक चोइवामा नाच हेर्न घरबाट निस्केका महतोको शव इनारमा फेला परेको हो।

नाच हेरेर घर नआएपछि खोजतलास गर्ने क्रममा  महतोको इनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। मृतकको शव इनारबाट बाहिर निकालिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्। स्रोतका अनुसार नाच हेर्न पुगेका वेला दुई युवा समूहबीचमा विवाद भएको थियो।