१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दामसँगै नाम : यस्तो छ मिश्रको मौरीपालन यात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४२:oo

व्यास नगरपालिका– १ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो समय मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन्। उनले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिँदैन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन्।  

सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरीसहित ९०  घार पुर्‍याइसकेका छन्। ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्य कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढेका उनी ‘दामसँगै नाम’ पनि कमाउन सफल बनेका छन्। साढे दुई आनामा बनेको घरको छत, बरन्डा, पेटी र एक रोपनी जमिनमा मौरीपालन गरेर मह र मौरी बिक्री गरेर वार्षिक आठ लाख ५० हजार रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए। विगत एक दशकदेखि सो व्यवसायमा लागेका जिल्लाका मौरीपालक नमुना कृषकमध्येमा व्यवसायी मिश्र पर्ने गरेकोले मौरीपालन गर्नेलाई उनको फार्म देखाएर ज्ञान दिने गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। 

केन्द्रबाट ४० घार अनुदान पाएकोले व्यवसाय वृद्धि गर्न सहज हुनुको साथै व्यवसायमा सफलता मिलेको किसान मिश्रले बताए। पछिल्लो समय उनको मह तथा मौरी  किन्न ग्राहक घरमा नै आउने गरेका छन् । मह मानाको रु. एक हजारका दरले चार सय माना मह घरैबाट बिक्री गरिएको छ।

उनले भने, ‘यस वर्ष धेरै परेकोले मौरीले मह संकलन गर्न नसक्दा डेढ लाख कम नाफा भएको छ।’