मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Wednesday, 02 September, 2026
२o७८ असोज २८ बिहीबार o९:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्लामा होटेल सञ्चालकको शव भेटियो, हत्याको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार o९:५४:oo

दैलेख जिल्ला स्थायी घर भएका जुम्लामा होटेल व्यवसायी गर्दै आएका शेरबहादुर शाहीको बुधबार हत्या भएको आशंका गरिएको छ। होटेलबाहिर यत्रतत्र रगतका छिटाहरू देखिएपछि हत्याको आशंका गरिएको हो। 

शाहीले जुम्लाको चन्दननाथ नगरपालिका– ६ पुरानो बसपार्कनजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यु होटेल सञ्चालन गर्दै आएका थिए। उनको शव बिहीबार बिहानै होटेलको बरन्डामा भेटिएको थियो। 

प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार अहिले प्रराम्भिक अनुसन्धान भइरहेको छ। उनले भने, ‘प्रहरीको अनुसन्धानले कुनै न कुनै टुंगाेमा पुग्ने अपेक्षा गरिएको छ।’ शाहीले झन्डै डेढ–दुई वर्षदेखि जुम्लामा होटेल व्यवसाय सञ्चालन गर्दै आएका थिए ।