१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २७ बुधबार
  • Thursday, 03 July, 2025
२o७८ असोज २७ बुधबार o८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारलाई उपराष्ट्रपतिको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २७ बुधबार o८:५६:oo

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ठूलो मानवीय क्षति हुने गरी दुई दिनको अन्तरालमा कर्णालीको मुगु र गण्डकीको कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दसैँ मनाउन गाउँ फर्किरहेका ३२ जना मुगुनिवासीको दुर्घटनामा निधन भएको र दसैँ बिदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गइरहेका काठमाडौंका विद्यार्थीसहित आठजनाको कास्कीमा सडक दुर्घटनामा निधन भएकोमा उपराष्ट्रपति भएका हुन्। 

उपराष्ट्रपतिले दुवै दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षणसमेत गराए। बढ्दो सडक दुर्घटनाप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले मुगुलगायतका पछिल्ला सडक दुर्घटनाको उचित छानबिन गरी सो छानबिन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराए।