१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o८:३५:oo
Read Time : < 1 मिनेट
समाचार

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३५:oo

बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन्। नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो। महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ। नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ।

कुछी भ्वय खान तरकारीका परिकार मात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अन्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ।

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता रहेको छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ। रासस