१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेता नेम्वाङको टिप्पणी– पाँच दलको गठबन्धनमा 'छैटाैँ दल' पनि थपियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:o८:oo

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धनमा 'छैटाैँ दल' थपिएको टिप्पणी गरेका छन् । मन्त्रिमण्डलमा प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको तर्फबाट मन्त्री बनाइएको तर्फ व्यंग्य गर्दै नेम्वाङले यस्तो बताएका हुन्।

तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले तीन दिन मन्त्री भएको र राजीनामा दिएबाट गठबन्धन सरकारमा छैटौँ दल समावेश भएको पुष्टि हुने तर्क गरे । उनले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीतिक दलहरूले छलफल गर्नुपर्ने उल्लेख गरे ।

‘होइन अहिले पाँच दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटाैँ थपियो रे भन्ने चर्चा र हल्ला छ।  त्यो छैटाैँ पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो, भनेपछि त्यो कुरा त साँच्चै रहेछ। यस्ता यस्ता इस्युजहरू उठेको सन्दर्भमा राजनीतिक दलहरूले र नागरिक समाजले व्यापक छलफल गर्नुपर्छ, सिंगो देश यो सन्दर्भमा छलफल गरेर निर्णयमा पुग्ने प्रक्रिया नै प्रजातन्त्र हो। समसामयिक विषय थुप्रै छन् जसको हामीले छलफल गर्नुपर्छ,’ नेम्वाङले भने।

ad
ad