मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २५ सोमबार १४:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट रेल्वे विधेयक फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार १४:५५:oo

रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पेस गरेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकले स्वीकृत गरेको हो।

राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको विधेयक फिर्ता लिन सहमतिका लागि राष्ट्रिय सभामा पठाइएको थियो। आजै बसेको राष्ट्रिय सभाको बैठकले विधेयक फिर्ता गर्न सहमति जनाएपछि संसदबाट विधेयक फिर्ता भएको हो।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि एमाले सांसदहरूले नाराबाजी गरेका थिए। संसदीय सर्वोच्चता कायम गर, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैनलगायतका नारा लगाएका थिए। एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनको पत्र पढेर सुनाए। 

प्रतिनिधिसभामा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री देउवाको तर्फबाट मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका छन्।

अवरोधबीच सभामुख सापकोटाले एमाले सांसदहरूलाई आफ्ना कुरा विधि र प्रक्रियाअनुरूप संसदमा राख्न आग्रह गर्दै बैठक अघि बढाउने कोसिस गरेका थिए। तर, एमाले सांसदहरूले नाराबाजी नरोकेपछि बैठक कात्तिक ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।