मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज २५ सोमबार ०८:२२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लेखा समितिमा एमालेको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज २५ सोमबार ०८:२२:००

एमालेका सांसदले सार्वजानिक लेखा समितिको सभापतिमा दाबी गरेका गरेका छन् । आइतबार लेखा समिति बैठकमा सांसदहरूले लेखा समितिको सभापति प्रतिपक्ष दलबाट हुनुपर्ने बताएका हुन् । अहिले लेखा समिति सभापति कांग्रेसका भरतकुमार शाह छन् । 

समिति बैठकमा पूर्वसञ्चारमन्त्री एवं एमाले सांसद गोकुल बाँस्कोटाले लेखा समिति एमालेले पाउनुपर्ने बताए । उनले भने, ‘हामी लोकतान्त्रिक अभ्यासमा छौँ । यो हाम्रो प्रणाली मात्रै होइन, जीवन पद्धति हो । र, हाम्रा परम्परा, व्यवस्था, अभ्यासहरूको कारणले पनि अपवादबाहेक लेखा समितिको नेतृत्व सामान्यतयाः संसारभरि नै प्रतिपक्ष दलले गर्ने व्यवस्था छ ।’ लेखा समिति प्रतिपक्षलाई दिएर लोकतन्त्रको सुन्दर पक्षलाई कायम राख्न पनि बाँस्कोटाले आग्रह गरे । 

एमालेकै अर्का सांसद राजेन्द्र गौतमले पनि बास्कोटाको भनाइमा समर्थन जनाउँदै लेखा समिति एमालेलाई दिनुपर्ने बताए । सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्ने संस्था भएकाले लेखा समिति प्रतिपक्षको हुनुपर्नेमा उनको जोड थियो । लेखा समितिलाई प्रभावकारी बनाउन पनि यसको नेतृत्व प्रतिपक्षले लिनुपर्ने गौतमले बताए । 

तर, विगतमा राजीनामा दिने प्रचलन नभएको सभापति शाहको भनाइ थियो । आफूले विगतको अभ्यास नियाल्दा पनि राजीनामा दिने प्रचलन नरहेको उनले बताए । उनले भने, ‘०५६ सालदेखि म यहाँ छु । र, राजीनामा गरेको मलाई थाहा छैन । सुन्दाखेर विपक्षबाटै भएका छन्, तर राजीनामा गरेको थाहा छैन ।

सभापति शाहले विगतमा एमाले र माओवादी एकता भएपछि उपसभामुख पद नछाडिएको उदाहरण पनि दिएका थिए । ‘उहाँहरूलाई थाहा होला, उपभासभामुखको बारेमा संविधानमै फरक दल, फरक लिंग लेखेको थियो । तैपनि उहाँहरू मन्त्री भएपछि जानुभयो,’ उनले भनेका थिए ।