मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महिला अधिकारकर्मी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

सर्वोच्च अदालतले रुबी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले खानलाई अदालतमा उपस्थित गराउन आइतबार आदेश दिएको हो ।

खानलाई रिहा गर्न माग गर्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा रिट दायर गरेकी थिइन। रिटमा खानलाई विनाकसुर पक्राउ गरिएको भन्दै उनलाई तत्काल छोड्न माग गरिएको थियो। खानलाई बहुविवाहको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिटको तर्फबाट अधिवक्ताद्वय अन्सारी रओमप्रकाश अर्यालले बहस गरेका थिए ।

बाँकेको जानकी गाउँपालिका–२ की ३८ वर्षीया नकुन्नी धोबी र नेपालगन्ज उपमहानगरपालिका– १९ की निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको थियो । तर, उनीहरूको मृत्युबारे प्रहरीले गहन अनुसन्धान नगरेको भन्दै ११ जना पुरुष र ३ जना महिला गरी १४ जनाको टोली बाँकेबाट पैदल हिँडेर काठमाडौं आएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेबाट गत असोज १ मा यात्रा सुरु गरेको उक्त टोली असोज २१ गते काठमाडौं आइपुगेको थियो। 

टोलीकी एक सदस्य रुबी खानलाई प्रहरीले बहुविवाहको आरोपमा धर्नास्थलबाट असोज २२ गते पक्राउ गरेको थियो । पक्राउ गरेर उनलाई प्रहरीले नेपालगन्ज पुर्याएको छ ।