१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रतिबन्धित लागुऔषधसहित तीन युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:o२:oo

प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आइतबार सिरहा नगरपालिका– १५ बुधौरास्थित दशगजाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका– २१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका–९ का १९ वर्षीय निकित कुमार रहेका छन्।

बिआर ३२ एजी ५५११ नम्बरको मोटरसाइकलमा सवार तीनैजनालाई जाँच गर्दा १० पत्ता (३०० ट्याबलेट)  नाइट्रोभेट बरामद भएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

ad
ad