१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ १ मंगलबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नगर सभा नहुँदा पोखरीयाका स्वास्थ्यकर्मीले पाएनन् तलब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:२o:oo

पर्साको पोखरीया नगरपालिकास्थित पोखरीया अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले दसैँमा पनि तलब नपाएको गुनासो गरेका छन्। नगरपालिकाका जनप्रतिनिधिहरूको स्वार्थका कारण अहिलेसम्म नगर सभा हुन नसक्दा स्वास्थ्यकर्मी मर्कामा परेका हुन्।

स्वास्थ्यकर्मीले चालू आर्थिक वर्ष ०७८/७९ सुरु भएदेखि हालसम्म तलब पाएका छैनन्। दसैँमा समेत तलब नपाउँदा समस्या भएको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन्। अहिलेसम्म नगर सभा नहुँदा नगरपालिकाभित्रका करिब ५० स्वास्थ्यकर्मीले तलब पाएका छैनन्। दसैँको मुखमा समेत तलब नपाउँदा आफूहरूलाई चाडपर्व मनाउन निकै समस्या भएको पोखरीया अस्पतालका मेडिकल सुपरिटेन्ड डा. सञ्जय गुप्ताले बताए। आफूहरूले गत साउनयता तलब नपाएको उनले बताए। 

पोखरीया नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले पालिकाको नगर सभा अहिलेसम्म सम्पन्न हुन नसकेपछि पालिकामातहतका विभिन्न क्षेत्रका कर्मचारी र स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको स्वीकार गरिन्। उनले पटकपटक प्रयास गरिए पनि नगर सभा हुन नसकेको भन्दै यस विषयमा थप जानकारी नगरप्रमुखलाई नै भएको बताइन्।

नगरपालिकाका प्रमुख दीपनारायण रौनियार आफूहरूले बारम्बार प्रयास गरे पनि राजनीतिक कारणहरूले नगर सभा नभएको बताउँछन्। उनले केही वडाका योजना छनोटमा राजनीतीकरण भएपछि नगर सभा नभएको बताए। दसैँलगत्तै कुनै पनि हालतमा नगर सभा सम्पन्न गर्ने तयारी भइरहेको उनले बताए।

ad
ad