Skip This
पार्टी महासचिवमा उम्मेदवारी दिने इच्छा छैन : ईश्वर पोखरेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी महासचिवमा उम्मेदवारी दिने इच्छा छैन : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३८:oo

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। पोखरेलले चाडपर्वको अवसरमा आइतबार आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा महासचिवमा उम्मेदवारी दिने इच्छासमेत नभएको बताएका हुन्।

विधानमा पनि दुईपटक भन्दा बढी एउटै पदमा उठ्न नपाउने व्यवस्था रहेको र आफ्नो चाहना पनि तेस्रोपटक महासचिव बन्ने नरहेको उनको भनाइ छ।

‘नेसनल पोलिटिक्स दुइटा पोलमा पोलराइज भएको छ। एउटा पोलको लिड एमालेले गरेको छ, जुन एमालेलाई केपी ओलीले नेतृत्व गर्नुभएको छ। त्यो पोल मजबुत हुन जरुरी छ। सुदृढ हुन जरुरी छ। ता कि यो अर्को पोल जो अवाञ्छित ढंगले गतिविधि गरिराखेको छ। त्यो पोलचाहीि बलशाली बन्नुहुँदैन भन्ने हाम्रो मान्यता छ। त्यसकारणले हामी राष्ट्रिय राजनीतिको यो परिप्रेक्ष्यमा कुन ठाउँमा उभिनुपर्छ, त्यसका लागि मानसिक रूपमा तयार छौंँ,’  उनले भने, ‘जहाँसम्म म दुईचोटि महासचिव भएँ, अब के हुन्छु ? तेस्रोचोटि महासचिव हुन्नँ। विधानले पनि दिँदैन। मेरा व्यक्तिगत चाहनाले पनि दिँदैन।’ 

महासचिव पोखरेलले आफ्नो पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहे पनि कांग्रेस वा अन्य दलसँग मिलेर गठबन्धन नबनाउने प्रस्ट पारेका छन्।