१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १७:२१:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी सेना फिर्तापछि तालिबान र अमेरिकाबीच पहिलोपटक वार्ता हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि पहिलोपटक तालिबान र अमेरीकाबीच वार्ता हुने भएको छ। अफगानिस्तानमा पछिल्लो समय देखिएका अतिवादी संगठनको सक्रियता र विदेशी तथा अफगानी नागरिकहरूको उद्धारका विषयमा कतारमा वार्ता हुने भएको हो। वार्ता शनिबार र आइतबार गरी दुई दिनसम्म चल्ने अलजजिराले उल्लेख गरेको छ। गत  अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि दुई देशबीच पहिलोपटक वार्ता हुन लागेको  हो।

एक अमेरिकी अधिकारीले बताएअनुसार तालिबानलाई अन्तर्राष्ट्रिय मान्यता तथा वैधता  दिने विषयमा भने वार्ता केन्द्रित हुनेछैन। सो वार्ता अमेरिकाको राष्ट्रिय चासोको विषयमा केन्द्रित हुनेछ। उक्त अधिकारीले बताएअनुसार अफगानी र अमेरिकी नागरिकहरूको सुरक्षित उद्धारका साथै अफगानी जनता र विशेष गरी महिला अधिकारका बारेमा तालिबानलाई संवेदनशील हुन आग्रह गर्ने विषय वार्ताको प्राथामिकतामा छ। अमेरिकाले वार्तामा सहभागी हुनेहरूको नाम भने सार्वजनिक गरेको छैन। 

वार्तामा गत वर्ष अमेरिकासँग कतारमा भएको शान्ति सम्झौताको पनि पुनःसमीक्षा हुने कतारमा रहेका तालिबानी प्रवक्ता सुहेल साहिनलाई उदृत गर्दै अलजजिराले उल्लेख गरेको छ। ‘द्विपक्षीय सम्बन्ध र कतारमा भएको शान्ति सम्झौता कार्यान्वयनका बारेमा पनि छलफल हुनेछ,’ साहिनले भनेका छन्। 

तालिबानले सत्ता सम्हाले यता इस्लामिक इस्टेट इन खोरासन प्रोभिन्स (आइएसकेपी) अर्थात् आइएसआइएस–केले तालिबान तथा जातीय र धार्मिक अल्पसंख्यकलाई लक्षित गरी श्रृङ्खलाबद्ध  रूपमा आक्रमण गर्दै आइरहेको छ। शुक्रबार आइएसकेपीले गरेको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पनि ४६ अल्पसंख्यक सिया मुस्लिमले ज्यान गुमाएका थिए। सो हमलामा परी अन्य दर्जनौँ घाइते भएका छन्।

डोनाल्ड ट्रम्प प्रशासनले सन् २०२० मा तालिबानसँग सम्झौता गरेको थियो। सम्झौतामा तालिबानले अतिवादी संगठनहरूसँगको सम्बन्धलाई त्याग्नुपर्ने र अफगानिस्तानको भूमि त्यस्ता संगठनहरूलाई प्रयोग गर्न नदिनेजस्ता विषयमा सहमति भएको थियो।

तालिबानले भने अतिवादी संगठनहरूलाई नियन्त्रण गर्नका लागि अमेरिकी सहयोग आवश्यक नपर्ने बताउँदै आएको छ। गत हप्ता मात्रै अफगनिस्तानको आकाशमा अमेरिकाले ड्रोन उडाएको भन्दै तालिबानले अमेरिकालाई यस्तो नगर्न चेतावनी दिएको थियो ।