१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २२ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २२ शुक्रबार १४:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रीको सूचीमा नपरेका मेटमणि भन्छन्– राजनीतिक खेलाडीको लागि मन्त्री पद गौण विषय हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २२ शुक्रबार १४:१७:oo

नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बन्ने चर्चामा रहेका मेटमणि चौधरीले राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण विषय भएको प्रतिक्रिया दिएका छन्। अन्तिम अवस्थामा उनको नाम मन्त्री बन्ने सूचीबाट हटेपछि उनले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘को मन्त्री बन्नु भयो ? को मन्त्री हुनुभएन ?  मुख्य विषय होइन। मुख्य विषय प्रणाली जोगिएको छ। संवैधानिक सर्वोच्चता कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ,’ उनले लेखेका छन्, ‘जहाँसम्म मन्त्री बन्ने सम्भावनाको कुरो प्रतिनिधिसभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ। तर, दीर्घकालीन चेत राखेर राजनीतिको खुला चौरमा प्रवेश गरेको राजनीतिक खेलाडीको लागि मन्त्री पद गौण विषय बन्न जान्छ।’

उनले मन्त्री बन्न सबै प्रकारका ‘कम्बिनेसन’हरू मिल्नुपर्ने भन्दै आजको परिस्थितिलाई ‘यही रूपमा’ बुझ्न आग्रह गरेका छन्। यस निर्णयप्रति नेतृत्वलाई अनावश्यक दबाब दिनु जरुरी नरहेको उनको भनाइ छ।  ‘पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरुरी छ । पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइका लागि स्पेस दिनु जरुरी देखिँदैन,’ चौधरीले भनेका छन्।