मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

काठमाडौं महानगरपालिकाले दसैँलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ। दसैँलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकलाई कोभिड– १९ विरुद्धको भेरोसेल खोप लगाउन थालिएको हो।

तीन दिनसम्म चल्ने खोप कार्यक्रम महानगरपालिकाअन्तर्गतको ३२ वटा वडाको ३४ स्थानबाट लगाउने व्यवस्था गरिएको काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले जानकारी दिए। चाडपर्वका कारण भिडभाड हुने र कोभिड– १९ को जोखिम बढ्ने भएकाले खोप कार्यक्रम सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले तत्कालका लागि ७० हजार खोप जिल्ला जनश्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको र त्यसले नपुगे थप खोपको व्यवस्था हुने बताए।

महानगरपालिकाले बिरामी नागरिकलाई भने लाइन नबसी खोप लगाउने व्यवस्था मिलाएको छ। कुँवरका अनुसार पहिलो चरणको यो भेरोसेल खोप लगाउनेहरूलाई दसैँ–तिहारको बीचमा दोस्रो चरणको खोप लगाउने पाउने व्यवस्था मिलाइनेछ।

काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ। परिचयपत्र नखुलेका नागरिकले वडा कार्यालयको सिफारिसमा सो खोप लगाउन पाउने व्यवस्था गरिएको स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बताए।