मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 02 December, 2021
द इकोनोमिस्ट
२०७८ असोज २२ शुक्रबार ०९:०५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीनको नयाँ यथार्थ

Read Time : > 3 मिनेट
द इकोनोमिस्ट
२०७८ असोज २२ शुक्रबार ०९:०५:००

४० वर्षदेखि तीव्र आर्थिक वृद्धि देखेका चिनियाँहरूलाई निरन्तर रूपमा भइरहेको मन्दी झेल्न अप्ठ्यारो भएको देखिन्छ 


सी जिनपिङ चीनको पुँजीवादउन्मुख प्रक्रियालाई रोक्न अभियान नै चलाइरहेका छन् । चीनका राष्ट्रपति बढ्दो ऋणलाई वित्तीय अनुमान (फाइनान्सियल स्पेकुलेसन)को विषाक्त फल मानिरहेका छन् भने अर्बपतिहरूलाई माक्र्सवादको उपहासका रूपमा देख्छन् । उनका अनुसार व्यापार राज्यनियन्त्रित भएरै मात्र चल्नुपर्छ । राष्ट्रिय जीवनका हरेक पाटामा चिनियाँ कम्युनिस्ट पार्टीको उपस्थिति हुनुपर्छ ।

के सी जिनपिङ चीनको भविष्यमा र लोकतन्त्र र अधिनायकवादको लडाइँमा आफ्नो परिकल्पना लागू गर्न सक्छन् ? उनको अभियानको दायरा र महŒवाकांक्षा निकै असाधारण छन् । उनको अभियान सन् २०२० बाट चिनियाँ विशाल प्रविधि कम्पनी (टेक जाइन्ट्स) अलिबाबा सम्बद्ध ‘एन्ट गु्रप’माथि प्रतिबन्ध लगाएर सुरु भएको छ । यस्ता प्रतिबन्धबाट हालसम्म चीनले करिब १० खर्ब डलर गुमाइसकेको छ । यातायातसम्बन्धी व्यवसाय गर्ने कम्पनी डिडीले अमेरिकामा सेयर आह्वान गरेका कारण सजाय पाएको छ । एभरग्रान्डे नामक घरजग्गा कारोबार कम्पनी सरकारी रवैयाका कारण करिब–करिब टाट पल्टिसकेको छ ।

नाफामा गइरहेको क्रिप्टोकरेन्सी व्यापारमा प्रतिबन्ध लागेको छ । बालबालिकाहरूले खेल्ने मोबाइल गेममा पनि कडाइका साथ नियन्त्रण गरिएको छ । जिनपिङका अनुसार चीनलाई अब ठूलो परिवारको आवश्यकता छ । यसकारण गर्भपतन न्यून हुनैपर्छ । प्रेरणाको स्रोत बन्ने पुरुषमा मर्दांगी (पुरुषत्व) एवं राष्ट्रवाद हुनैपर्छ । जिनपिङका यी अवधारणा ६–७ वर्षका कलिला बालबालिकाहरूको मगजमा घुसाइँदै छ । 

जिनपिङका गतिविधि पहिलेदेखि अस्तित्वमा रहेको अधिनायकवादको अर्काे कडी हो । राष्ट्रपतिका रूपमा सी जिनपिङले आफ्ना सबै विरोधीलाई पाखा लगाएका छन् । उनी बहसलाई नियन्त्रण गर्छन् र फरक मतप्रति असहिष्णु छन् । अहिलेको अभियानले आर्थिक वृद्धि र जीविकाका मूल्यमा शक्ति आफूतर्फ केन्द्रित गर्न उनी उद्यत् रहेको देखाउँछ, अथवा सिद्धान्तलाई व्यावहारिकताले दबाउने शक्तिशाली व्यक्तित्वको उजागर गर्छ । पार्टीले व्यापारलाई राज्यअधीनस्थ बनाउनुपर्ने र जनताले मुलुकलाई बफादारितापूर्वक सेवा गर्नुपर्ने दृष्टिकोण बोकेका जिनपिङले एक अर्ब ४० करोड चिनियाँको भाग्य निर्धारण गर्नेछन् ।

सी जिनपिङ वास्तवमै समस्या झेलिरहेका छन्, ती समस्या पश्चिमा मुलुकहरूसँग पनि मिल्दा छन् । ‘समान समृद्धि’को नारा भएको कम्युनिस्ट चीनमा पुँजीवादी मुलुकहरूमा जस्तै असमानता बढेको छ । चीनको माथिल्लो २० प्रतिशत घरधुरीको मुलुकको ४५ प्रतिशत आम्दानीमा नियन्त्रण पुगेको छ भने माथिल्लो एक प्रतिशतले मुलुकको ३० प्रतिशत सम्पत्तिमा नियन्त्रण कायम गरेको छ । टेक जाइन्ट्सहरूका अनुचित प्रतिस्पर्धा, समाजलाई भ्रष्टीकरण र व्यक्तिगत तथ्यांकमा बेरोकटोक पहुँच अर्काे चासोको विषय रहेको छ । तेस्रो चासोको विषय रणनीतिक जोखिम अर्थात् वस्तु एवं प्रविधिमा पहुँचको जोखिम हो । 

सी जिनपिङको अभियानले चिनियाँ अर्थतन्त्रलाई जोखिममा पारेको छ । एभरग्रान्डे जस्ता कम्पनीहरूको ऋण सतहमा आउँदाको क्षति अप्रत्याशित हुन सक्ने देखिन्छ । घर जग्गा व्यवसायमा मात्रै २० खर्ब ८० अर्ब डलरको ऋणभार पुगेको छ । घर मानिसहरूले अन्य क्षेत्रभन्दा घरजग्गामा प्रतिफल बढी आउने भएकाले आफ्नो बचत घरजग्गा क्षेत्रमा लगानी गरेका थिए । निर्माणाधीन सम्पत्ति संरचनामा घरधुरीहरूको कुल लगानी घरजग्गा कारोबारीहरूको आधा सम्पत्ति बराबरी पुग्छ । स्थानीय सरकार विशेषतः ठूला सहरबाहेकका ठाउँहरूमा राजस्वको स्रोत नै घरजग्गा कारोबार बनेको छ ।

सी जिनपिङ सरकारको नियमनकारी नीति तथा कानुनी ढाँचाले व्यापार थप कठिन र प्रतिफलविहीन हुँदै गइरहेको छ । चीनमा तीव्र गतिको सफलता खतरनाक हुने भएकाले निजी कम्पनीहरू सचेत रहन्छन् । राज्य स्वामित्वमा रहेका कम्पनी एवं सेमीकन्डक्टरजस्ता वस्तु उत्पादन गर्ने रणनीतिक उद्योगहरूलाई फाइदा भए पनि चीनलाई गतिशील बनाउने उद्यमीहरू घाटामा छन् । यसबाहेक विदेशी लगानीकर्ताहरू अर्थात् चीनबाहिरका व्यापारीहरूले समान सम्पत्ति एवं पुँजीमा चिनियाँकै तुलनामा ३१ प्रतिशत कम कर तिर्छन् । कर भिन्नता सन् २०२० को सुरुवातदेखि नै बढ्दै गइरहेको छ । माथिका उल्लेखित सबै प्रसंगहरूले चिनियाँ अर्थतन्त्रलाई धराशायी बनाउने खतरातर्फ संकेत गर्छन् ।

‘समान समृद्धि’को नारा भएको कम्युनिस्ट चीनमा पुँजीवादी मुलुकहरूमा जस्तै असमानता बढेको छ । चीनको माथिल्लो २० प्रतिशत घरधुरीको मुलुकको ४५ प्रतिशत आम्दानीमा नियन्त्रण पुगेको छ भने माथिल्लो एक प्रतिशतले मुलुकको ३० प्रतिशत सम्पत्तिमा नियन्त्रण कायम गरेको छ 

उसो त चीनको अर्थतन्त्र पूर्वाधारबाट घट्दै गएको प्रतिफल र आश्रित जनसंख्या वृद्धि एवं काम गर्न सक्षम जनशक्ति घटेर कमजोर हुँदै गइरहेको छ । ४० वर्षदेखि तीव्र आर्थिक वृद्धि देखेका चिनियाँहरूलाई निरन्तर रूपमा भइरहेको मन्दी झेल्न अप्ठ्यारो हुने देखिन्छ । जिनपिङको अभियानले राजनीतिलाई व्यक्तित्व पन्थमा झारिदिएको छ । परिवर्तन गर्नका निम्ति भनेर जिनपिङले माओपछि सबैभन्दा बढी शक्ति सञ्चय गरेका छन् । जिनपिङ पार्टी आचारसंहिता मिचेर आगामी वर्ष हुने कम्युनिस्ट पार्टीको २०औँ कंग्रेसमा तेस्रोपटक पाँच वर्षका लागि अध्यक्षको दाबी गर्न गइरहेका छन् । 

पहिलो कुरा, कर्मचारीतन्त्रले उनलाई असफल बनाइरहेको छ । यस सन्दर्भमा जिनपिङ बजारबाट अपेक्षा गरिरहेका छन्, तर आममानिसहरूबीचमा रहेको प्रोत्साहन र नियन्त्रणले चिनियाँ अधिकारीहरूलाई असहज स्थितिमा पारिदिएको छ । हालैका केही हप्तामा २० वा अधिक प्रान्तहरूमा भएको विद्युत् कटौती प्रकरणलाई अधिकारीहरूको कमजोरीका रूपमा लिन सकिन्छ । अर्थात्, कर्मचारीतन्त्रमा कार्बन उत्सर्जन कम गर्ने लक्ष्य पूरा नहुने सम्भावनाले निम्त्याएको अत्यासले विद्युत् कटौती भएको देखिन्छ । त्यसैगरी, प्रतिद्वन्द्वीको भ्रष्टाचार वा वैचारिक पतनको सम्भावित आरोपबाट जोगिन कर्मचारीहरूमा काम नगर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।

अर्काे खतरा वैचारिक कारबाहीबाट देखिन्छ । ‘नैतिक समीक्षा परिषद्’ र ‘नैतिक क्लिनिक’ जस्ता संयन्त्रहरू सामाजिक बदनामीका निम्ति प्रयोग भइरहेका छन् । यद्यपि, अहिले सांस्कृतिक क्रान्तिजस्तो भयावह परिस्थिति निम्तिने कुनै सम्भावना छैन, तथापि चिनियाँ जनताको वाक् र चिन्तन स्वतन्त्रता दिनानुदिन घट्दै गइरहेको छ । आफ्नो सिद्धान्त फैलाउन जिनपिङले लाल रोमाञ्चकता एवं नयाँ चीन निर्माणका लागि भनेर माओवादलाई उछालिरहेका छन् । पार्टी कंग्रेस आयोजना हुनुअगाडि आफ्ना लागि समर्थन जुटाइरहेका छन् । 

अन्त्यमा, सी जिनपिङले आफ्नो अभियान सफल रूपमा लागू गर्न सकेनन् भने हालको अवस्था हेर्दा उनी सम्झौताभन्दा दमनतर्फ उद्यत् हुने देखिन्छ । पश्चिमी मुलुकका सरकारहरू पनि प्रविधि कम्पनीका चुनौती, असमानता एवं राष्ट्रिय सुरक्षाका समस्याहरूको सामना गर्न बाध्य छन् । अमेरिकामा पनि राष्ट्रिय ऋणमा सम्भावित दिवालियापनका कारण अमेरिकी कंग्रेस तातेको छ । यस अर्थमा सी जिनपिङको कामको तौरतरिका देखेर केहीमा ईष्र्या पलाउन सक्छ । तर, सी जिनपिङसँग समस्याको उचित समाधान छैन ।