१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २१ बिहीबार १९:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीलाई स्वास्थ्यसहित ४ मन्त्रालय, मन्त्रीको नाम सचिवालयले टुंगो लगाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार १९:२o:oo

नेकपा (एकीकृत समाजवादी) ले स्वास्थ्य मन्त्रालय पाउने भएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले स्वास्थ्य मन्त्रालयसहित ४ मन्त्रालयमा पार्टीको सहभागित हुने बताएका छन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठकपछि एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसेको थियो । ‘स्वास्थ्यसहित ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाउने निर्णय भएको छ,’ स्थायी समिति सदस्य विरोध खतिवडाले भने, ‘मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सचिवालयलाई दिइएको छ ।’सहमतिअनुसार एकीकृत समाजवादीले सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ। 

बैठकले पार्टीको चुनाव चिन्ह कलम राख्ने भएको छ। जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीसँग एकता गरेर चुनाव चिन्ह कलम राखिने खतिवडाले बताए । शीर्ष नेताको बैठकमा प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको जानकारी गराएका थिए। बैठकले केन्द्रीय सचिवालय ११ जनाको रहने पनि टुंगो लगाएको छ।