१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १४:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी, मन्त्रीको नाम टुंगो लगाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:१o:oo

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक बसिरहेको छ। काठमाडौंको अर्पण बैंक्वेटमा जारी बैठकमा पार्टीका गतिविधि र पार्टीको तर्फबाट मन्त्रीको नाम टुंग्याउने विषयमा छलफल हुने बताइएको छ।

मंगलबार बसेको सत्तागठबन्धनको बैठकले मन्त्रालयको भागबन्डामा मोटामोटी छलफल गरिसकेको छ। आफ्नो पार्टीले पाउने भनिएका चार मन्त्रालय र को–को मन्त्री बन्ने भन्ने विषयमा पार्टीको स्थायी कमिटी बैठक बसिरहेको हो।

मंगलबारको सत्तागठबन्धनको बैठकमा नेपाली कांग्रेसले सात, नेकपा (माओवादी केन्द्र)ले ६, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले समान चार–चार मन्त्रालय पाउने सहमति भएको थियो। तर, नेपाल पक्षले आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय परेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ।

अध्यक्ष नेपालले केही कुरा मिल्न बाँकी रहेको र फेरि बस्ने सत्तागठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। सरकारले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएको छ।

ad
ad