१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : कीर्तिपुरमा सर्वसम्मत नेतृत्व चयन, दक्षिणकालीको अधिवेशन अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी नगर अधिवेशनमा कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार सभापतिमा कृष्णमान डंगोललगायत अन्य पदाधिकारी सर्वसम्मत चयन भएका हुन्।

डंगोल प्रकाशमान सिंह र गगन थापानिकट मानिन्छन्। कांग्रेस काठमाडौंका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले कीर्तिपुरले समय माग गरेर सर्वसम्मत नेतृत्व चयन गरेको हो। ‘हिजोसम्मको समय माग गरिएको थियो। निर्वाचन समितिले निर्वाचनको तयारीसमेत गरिसकेको थियो। साँझ सर्वसम्मत नेतृत्व चयन भएको हो,’ उनले नयाँ पत्रिकासँग भने।

यससँगै काठमाडौं जिल्लामा दक्षिणकाली नगरपालिकाबाहेकका पालिकामा अधिवेशन सम्पन्न भएको छ। दक्षिणकालीमा भने वडा नम्बर २ मा क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण अधिवेशन अनिश्चित बनेको निर्वाचन समितिले जानकारी दिएको छ। ‘वडा नम्बर २ मा रहेको सदस्यता विवादका कारण अधिवेशन कहिले हुन्छ भन्ने टुंगो लागिसकेको छैन,’ निर्वाचन अधिकृत आचार्यले भने।