१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o५:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय ए डिभिजन लिग फुटसल : क्यासल फाइनलमा, सबिन बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o५:५२:oo

पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली स्पोर्टस् क्यासलले फाइनलको यात्रा तय गर्दा अर्को घरेलु टोली सबिन मेमोरियल फुटसल क्लब भने क्वालिफायर राउन्डबाट बाहिरिएको छ । 

लिग चरणका खेल सकिँदा घरेलु टोली क्यासल २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा, १९ अंकका साथ धरानको द राइजिङ क्लब दोस्रो स्थान थिए । यस्तै, शंखमूल फुटसल १८ अंकका साथ तेस्रो र घरेलु टोली सबिन १६ अंकसहित शीर्ष चारमा थिए । बुधबारको क्वालिफायर राउन्डको खेलमा लिगको पहिलो स्थानमा रहेको क्यासल र दोस्रो स्थानमा रहेको राइजिङबीच पहिलो र अर्को खेल शंखमूल र सबिनबीच भएको थियो ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो खेलमा क्यासलले धरानलाई ८–६ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । क्यासल उपाधिका लागि शंखमूल र राइजिङबीच बिहीबार हुने खेलको विजेतासँग शनिबार भिड्नेछ ।

यसैगरी, अर्को खेलमा शंखमूलसँग सबिन ३–२ को गोलअन्तरले पाराजित हुँदै क्वालिफायर राउन्डबाट बाहिरिएको हो । विजेता शंखमूलले फाइनल प्रवेशका लागि बिहीबार राइजिङसँग भिड्नेछ ।

ad
ad