१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o८:oo

अध्ययनका लागि अस्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं. १० घर भई हाल काठमाडौँको मध्यबानेश्वरमा बस्दै आएका ४१ वर्षीय मणि निरौलालाई प्रहरीले मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । 

निरौलाले म्याग्दीको मंगला गाउँपालिका घर भई हाल टोखा नगरपालिका वडा नं. पाँचमा बस्दै आएका २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिजामा अस्ट्रेलिया पठाउने भनी बाह्र लाख रुपैँया ठगी गरेको महानगरीय अपराध महाशाखाले बुधबार जानकारी दिएको हो । 

निरौलाले क्विन्सल्यान्ड एजुकेसन प्रा.लि.को सञ्चालक हुँ भनी खत्रीबाट बाह्र लाख रुपैयाँ लिएका थिए।  भनेको समयमा अस्ट्रेलिया पठाउन नसकेपछि उक्त प्रा.लि. बन्द गरी सम्पर्कविहीन भएको भनी उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । निरौलालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जानकारी दिएको छ ।