१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

घुस रकमसहित काठमाडौंबाट सवइन्जिनियर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:५७:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सवइन्जिनियरलाई नियन्त्रणमा लिएको छ । टंगालबाट खटिएको अख्तियारको टोलीले बसुन्धारास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई घुस रकमसहित कार्यालयपरिसरबाटै नियन्त्रणमा लिएको हो।

कलभर्ट निर्माणकार्यको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ मागेको उजुरीका आधारमा केसीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

केसीमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

ad
ad