१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कूटनीतिक पहलमार्फत कालापानी र लिपुलेकको जनगणना सम्पन्न गर्न नेविसंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:५८:oo

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कूटनीतिक पहलमार्फत भए पनि कालापानी र लिपुलेकको जनगणना सम्पन्न गर्न ध्यानाकर्षण गरेको छ। महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति निकालेर नेपाली भूमिबाटै जनगणना गर्नका लागि बाटो नभएकाले भारत सरकारसँग कूटनीतिक पहल गरेर जनगणना सम्पन्न गर्न  माग गरेका हुन्। 

विज्ञप्तिमा नयाँ नक्सामा परेका महाकालीपारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन नसकेको विषयमा नेविसंघले सरकारको ध्यानाकर्षण गराएको हो। 

पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएको र भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्यांक कार्यालयले सुपरिवेक्षक नै नपठाएकोप्रति नेविसंघले सरकारको ध्यानाकर्षण गराएको छ।

महाकालीपारि दार्चुलाको व्याँस गाउँपालिका– १ को छाङरु, तिंकर र त्योसँगै जोडिएको कालापानी, लिपुलेक क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।

विज्ञप्तिमा सुपरिवेक्षकका लागि बाटो नभएको, भारत भएर जान सुरक्षाको चुनौती र नेपाली भूमिमा नेपालबाटै पुग्ने बाटो नभएसम्म गणनाको लगत संकलन गर्न कठिन देखिएकाले कूटनीतिक पहल गर्न सरकारसँग माग गरिएको छ।

ad
ad