मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज १८ सोमबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १८ सोमबार १३:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा : दफावार छलफलका लागि चार विधेयक समितिमा पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १८ सोमबार १३:o७:oo

राष्ट्रिय सभाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ। एमाले सांसदको विरोधबीच सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले पेस गरेको चारवटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

बैठकमा महालेखापरीक्षकको अन्ठाउन्नौँ वार्षिक प्रतिवेदन २०७८ पनि टेबल भएको छ। राष्ट्रिय सभाको अर्को बैठक असोज २४ गते आइतबार दिउँसो २ बजे बस्नेछ।