१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एनआरएनए महाधिवेशन : लोकतान्त्रिक समूहलाई विजयी गराउन कांग्रेसका आठ नेतालाई जिम्मेवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौँ महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी गराउन नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको छ। कांग्रेसले पार्टीका तर्फबाट आवश्यक समन्वयका लागि केन्द्रीय तहका नेताहरूलाई जिम्मेवारी तोकेको हो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरूलाई पत्र पठाएर जिम्मेवारी तोकिएकोबारे जानकारी गराएका हुन्। 

पत्रमा उल्लेख भएअनु्सार युरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगन थापालाई जिम्मेवारी दिइएको छ। एसिया क्षेत्रमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशी तथा अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई जिम्मेवारी तोकिएको छ। 

त्यस्तै अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी तोकिएको छ। ओसियाना क्षेत्रको जिम्मेवारी भने केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई दिइएको छ।