१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना संक्रमित कर्मचारी होम आइसोलेसनबाट परीक्षा दिन हिँडेपछि…

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

कोभिड– १९ संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका कर्मचारी नै भागेका छन्। जिल्लाको बरेङ गाउँपालिकामा कार्यरत अधिकृतस्तरका २६ वर्षीय पुरुष कर्मचारी होम आइसोलेसनमा बस्न छोडेर बाग्लुङ सदरमुकाम आइपुगेका हुन्।गत शनिबार एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा कोभिड– १९ बाट संक्रमण पुष्टि भएका उनी काठमाडौं परीक्षा दिने भनेर बरेङ गाउँपालिकाबाट सदरमुकाम आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पदम पुनले जानकारी दिए। 

संक्रमित भएपछि १० दिनसम्म होम आइसोलेसन बस्न सल्लाह दिए पनि कोभिडभन्दा मेरो परीक्षा ठूलो हो भनी अटेर गरी बिहीबार सदरमुकाम आएको बताइएको छ। बाग्लुङ नगरपालिका– ७ घर भएका उनी हाल बाग्लुङ बजारको श्रीनगर टोल डेरामा रहेको भन्ने सम्पर्कमा आएको पुनले जानकारी दिए। 

‘कोभिड संक्रमण भएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको थियो,’ स्वास्थ्य शाखा संयोजक पुनले भने, ‘स्वास्थ्यमा कुनै जटिलता पनि छैन। स्वास्थ्यभन्दा परीक्षा ठूलो हो भनेर अटेर गरी गाडी नै रिजर्भ गरेर सदरमुकाम जानुभएछ।  जिम्मेवार व्यक्तिले नै यस्तो लापरबाही गर्दा झनै संक्रमण दर फैलिन डर भयो।’

संक्रमित व्यक्ति बाग्लुङ सदरमुकाम आएपछि बाग्लुङ नगरपालिका स्वास्थ्य शाखाले पनि उनको खोजी गरी होम आइसोलेसनमा बस्न लगाएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए। खनालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र नगरपालिका र प्रशासनसँग सम्पर्कमा रहेका छन्। संक्रमित व्यक्ति ट्याक्सी रिजर्भ गरेर काडमाडौं एलएलबीको परीक्षा छ भनी हिँड्न लागेको भनी जिल्ला प्रशासनमा उजुरी आएको थिए। प्रहरी प्रशासनले उनको खोजी गरेर भेटेपछि अहिले घरमै सुरक्षित बस्न लगाएको जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए। ‘संक्रमित पुरुष नेपाल सरकारको जिम्मेवार पदमा रहेको कर्मचारी हुनुहुँदोरहेछ। उहाँको लापरबाही देखियो,’ उनले भने, ‘हामीले सम्पर्कमा ल्याएका छौँ। १० दिनसम्म आइसोलेसनमा बस्नुपर्छ भनेका छौँ। प्रशासनले निगरानी राखेको छ।’