मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:३२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हवाई उडान सुचारु गर्न भारतलाई तालिवान सरकारको आग्रह    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३२:oo

अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तान र भारतका बीचमा हुँदै आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ। तालिवान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरू सुचारु गरिदिन आग्रह गरेका हुन्।     
     
यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो। तर, अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिवानले सत्ता हत्याएपछि गएको अगस्ट १५ पछि भारतले ती सबै उडानहरू बन्द गरेको थियो। तालिवानहरूले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरू देशहरूले पनि यसरी हवाई उडानहरू रोकेका थिए। तर, पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद–काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ।     
भारतजस्तै अरू कतिपय देशहरूले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन्।