मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वदलीय बैठकको निर्णय : संसद्को अवरोध हटाउन एमालेलाई अनुरोध गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकले नेकपा (एमाले)लाई संसद्को अवरोध हटाउन अनुरोध गर्ने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको उपस्थिति रहेको थियो। 

तर, प्रमुख प्रतिपक्षी दल एमाले भने बैठकमा अनुपस्थित भएपछि बैठकमा मुख्य विषयमा छलफल हुन सकेन। बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभामा भएको अवरोधलाई हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेपछि आजका लागि बैठक बोलाइएको जानकारी दिए।  

उनले एमाले उपस्थित नहुँदा प्रतिपक्षको विषय बैठकमा आउन नसकेको बताए। ‘उहाँहरू संवाद र छलफलबाट पर भाग्न खोजेको देखिन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले फेरि पनि आमन्त्रण गर्ने बताउनुभएको छ। आजको बैठकको निचोड संघीय संसदलाई निर्वाध र सकारात्मक ढंगले सञ्चालनका लागि एमालेलाई अनुरोध गर्ने भन्ने रह्यो।’

उनले प्रतिनिधिसभामा ३३ विधेयक र राष्ट्रिय सभामा २७ विधेयक विचाराधीन रहेको अवस्थामा एमालेको अवरोधले अन्याेलको अवस्था आएको बताए। यी विधेयकहरू जनताका दैनिक आवश्यकतासँग सरोकार राख्ने भएकाले तत्काल प्रक्रिया अगाडि बढाउन एमालेसँगको संवादलाई अगाडि बढाइएको बताए।