१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o६:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इपिएल : ललितपुर लगातार दोस्रो खेलमा पराजित

मैदान भिजेका कारण बुधबार पनि निर्धारित समयभन्दा ढिलो खेल सुरु, सोमबार र मंगलबारको खेल पनि चिसो र आउट फिल्ड नराम्रो भएका कारण स्थगित गरिएका थिए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:१२:oo

एभरेस्ट प्रिमियर लिग (इपिएल) को साविक विजेता ललितपुर प्याट्रियट्स लगातार दोस्रो खेलमा पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई दिनपछि बुधबार भएको खेलमा ललितपुर पोखरा राइनोजसँग नौ विकेटले पराजित भएको हो ।

बुधबार पनि मैदान भिजेका कारण खेल निर्धारित समयभन्दा ढिलो सुरु भयो । यसअघि सोमबार र मंगलबार मैदान चिसो र आउट फिल्ड नराम्रो भएका कारण खेल स्थगित भएका थिए । बुधबार दिउँसो १२ बजे ललितपुर र पोखराबीच खेल सुरु भएको हो । अम्पायरले खेल २० ओभरबाट सात ओभरमा झारेका थिए ।

पहिलो ब्याटिङ गरेको ललितपुरले सात ओभरमा ६ विकेट गुमाएर ५१ रनको योगफल खडा ग¥यो । प्रत्युत्तरमा पोखराले ६.३ ओभरमा एक विकेटको क्षतिमा ५५ रन जोड्दै ललितपुरमाथि नौ विकेटको सानदार जित निकाल्यो । पोखराको जितमा रिचार्ड लेभीले सर्वाधिक ३८ रनको योगदान दिएका थिए । उनले २२ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी ऋत गौतमले १२ रन जोडे । पोखराले पहिलो विकेटका लागि ३९ रन जोडेको थियो । यसअघिको ब्याटिङमा नन्दन यादव र विक्रम सोवको घातक बलिङसामु ललितपुरका ब्याट्सम्यानले खुलेर रन बनाउन सकेनन् । 

नन्दनले ११ रनमा तीन तथा सोवले ११ रनमा दुई विकेट लिएका थिए । ललितपुरको फितलो ब्याटिङमा सन्दुम विराकोडीले सर्वाधिक १९ रन बनाएका थिए । उनले १६ बलमा समान एक चौका र एक छक्का प्रहार गरका थिए । 
यसैगरी ओसादा फर्नान्डो १० रनमा नटआउट रहे । उनले सात बलमा एक चौका प्रहार गरे । ललितपुरका पाँचजना ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । पोखराले दुई खेलबाट तीन अंक जोडेको छ । ललितपुरले दुई खेलमा अंक नै जोडेको छैन । 

 भैरहवा ६ विकेटले विजयी
इपिएलको आठौँ खेलमा भैरहवा ग्लाडिएटोर्सले विराटनगर वारियर्समाथि ६ विकेटको जित निकालेको छ । जितसँगै भैरहवा तीन अंकका साथ शीर्ष स्थानमा उक्लेको छ । विराटनगर पाँचौँ स्थानमा छ । विराटनगर र भैरहवाबीच पूरै २० ओभरको खेल भयो । पहिलो ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमै समेटियो । प्रत्युत्तरमा सहज लक्ष्य पछ्याएको भैरहवाले १५.३ ओभरमा चार विकेटको नोक्सानीमा ९२ रन जोड्यो । भैरहवाले इनिङ्स सकिन २७ बलअघि जित निकालेको हो । 

 श्रीलंकाली खेलाडी चम्के
विराटनगरविरुद्ध श्रीलंकाली पूर्वराष्ट्रिय खेलाडी चम्केका छन् । ब्याटिङमा उपल थरंगा तथा बलिङमा धमिक्का प्रसादले स्तरीय बलिङ गर्दा विराटनगर खेलको दुवै इनिङ्समा कमजोर देखिएको हो । श्रीलंकाका पूर्व ओपनर थरंगाले ३५ बलमा ३४ रनको योगदान दिए । उनले आफ्नो ढिलो इनिङ्समा चार चौका प्रहार गरेका थिए । यसैगरी बलिङमा धम्मिकाले तीन ओभरमा ६ रन मात्र दिएर तीन विकेट हात पारे । उनले आफ्नो स्पेलमा एक मेडन ओभर पनि गरेका थिए । विकेटकिपर ब्याट्सम्यानसमेत रहेका थरंगाले तीन क्याचसमेत लिए । 

 कमजोर ब्याटिङ
विराटनगरको सुरुवात निकै फितलो रह्यो । इनिङ्सको चौथो बलमै वेस्ट इन्डिजका ब्याट्सम्यान चन्द्रपाउल हेमराजलाई धम्मिकाले विकेट पछाडि थरंगालाई क्याच लगाए । त्यसपछि आसिफ सेख र दिल्सान मुनविराले विराटनगरको ब्याटिङ उकास्ने प्रयास गरेका थिए । सेखले १८ बलमा एक चौकाको सहयोगमा ११ रन बनाए । दिल्सानले २० बलमा एक छक्का र दुई चौकाको मद्दतमा २५ रन बनाए । अघिल्लो खेलमा विस्फोटक ब्याटिङ गरेका जिम्बाबेका खेलाडी सिकन्दर राजा यसपटक असफल भए । उनले ११ बलमा पाँच रन मात्र जोडँ । भैरहवाको ब्याटिङमा प्रदीप ऐरीले २२ रन तथा बंगलादेशी ब्याट्सम्यान तमिल इक्वालले १२ रन जोडेका थिए । 

 वसन्तको आगमन
नेपाली राष्ट्रिय टोलीका खेलाडी वसन्त रेग्मी अमेरिकाबाट इपिएलमा सहभागी हुन विराटनगरसँग आबद्ध भएका छन् । केही समयअघि वसन्त नआउने चर्चा चलेको थियो । पहिलो खेलमा उनले विकेट पनि लिए । उनले दुई ओभरमा एक मेडन राखी चार रन खर्चेर एक विकेट हात पारे । ब्याटिङमा उनले ११ बलमा एक चौकाको सहयोगमा १० रन जोडे । 
 

ad
ad