१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनास्लु हिमाल आरोहणका क्रममा एक क्यानडियन नागरिकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:४९:oo

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ मा पर्ने मनास्लु हिमाल आरोहरणका लागि गएका एक विदेशी नागरिकको मंगलबार मृत्यु भएको छ। मनास्लु हिमाल चढ्ने क्रममा क्याम्प फोरभन्दा एक सय मिटरमाथि क्यानडाका नागरिक ब्रेन्ट सेल अचानक ढली बेहोस भएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

मृतकको शव बोकेर मनास्लु बेस क्यापसम्म ल्याइएको र हेलिकाेप्टरबाट आर्खेत ल्याई पोस्टमार्टमका लागि  काठमाडौं पठाइएको डिएसपी प्रकाश दाहालले बताए । सेल मंगलबार बेहोस भएर ढलेको र बुधबार बिहान मृत अवस्थामा फेला परेका थिए । 

दाहालका अनुसार मृतकको शव कैलाश एयरको हेलिकप्टरमार्फत प्रहरी चौकी आर्खेतमा ल्याएको थियो । स्नो होराइजन नामको कम्पनीबाट स्वीकृत लिएर हिमाल आरोहणका लागि उनी मनास्लु पुगेका थिए । ट्याग नेपाल ट्रेकिङ कम्पनीले जानकारी गराएपछि मात्र उक्त घटनाको बारेमा थाहा भएको प्रहरीले जनाएको छ । 
 

ad
ad