Skip This
ट्युनिसियामा पहिलोपटक महिला प्रधानमन्त्री 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्युनिसियामा पहिलोपटक महिला प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४o:oo

नाजिला बौदेन रोमधान ट्युनिसियाकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन्।  दुई महिनाअघि सबै शक्ति आफ्नो हातमा लिएका ट्युनिसियाको राष्ट्रपति कइस सइदले नाजिला बौदेल रोमधानलाई प्रधानमन्त्री नियुक्त गरेपछि ६३ वर्षीया उनी  ट्युनिसियाको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। 

यसअघि खासै चर्चामा नरहेकी रोमधान इन्जिनियर हुन्। उनले यसअघि विश्व बैङ्कमा पनि काम गरेकी थिइन्। उनले फ्रान्सबाट भूगर्भशास्त्रमा विद्यावारिधी गरेकी छन्। 

राष्ट्रपति सइदले गत जुलाईमा तात्कालीन प्रधानमन्त्रीलाई अपदस्त गर्दै संसद् विघटन गरेर सबै कार्यकारी अधिकार आफ्नो हातमा लिएका थिए । यसलाई विपक्षीहरूले कूको संज्ञा दिँदै आइरहेका छन्। कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि नयाँ सरकार गठन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा दबाब आइरहेको थियो । 

हुकुमी शैलीमा शासन गर्नका लागि सइदले गत हप्ता संविधानमा भएका अधिकांश व्यवस्थालाई बेवास्ता गर्दै नयाँ उर्दी जारी गरेका थिए।  
सइदले गत हप्ता जारी गरेको व्यवस्थाका आधारमा नाजिलालाई प्रधानमन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यलयले समाजिक सञ्जालको माध्यमबाट जनाएको छ।  
राष्ट्रपति सइदले नाजिलालाई प्रधानमन्त्रीमा नियुक्त गरेर ट्युनिसियाका महिलाहरूलाई सम्मान गरेको बताएका छन्। उनले यसलाई  ‘ऐतिहासिक’ मनोनयन भनेका छन्। उनले नयाँ सरकार ट्युनिसियाका सार्वजनिक संस्थाहरूमा रहेको चरम भ्रष्ट्राचार र अस्तव्यस्तताको अन्त्यमा केन्द्रित हुने पनि दाबी गरेका छन् ।