१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महोत्तरी जिल्लाको ५ स्थानीय तहमा मैत्री समाजद्वारा राहत वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४२:oo

नेपाल भारत महिलामैत्री समाजले महोत्तरी जिल्लाको विभिन्न ५ स्थानीय तहमा राहत वितरण गरेको छ। भारत सरकारबाट प्राप्त सहयोग  नेपाल भारत महिलामैत्री समाजले एक कार्यक्रमको बीच उक्त स्थानीय तहका करिब एक सय  बाढीपहिरो पीडित घरपरिवारलाई राहत वितरण गरिएको हो । मटिहानी, बलबा, जलेश्वर,एकदाढा र लोहरपट्टीलगायत स्थानीय तहका पीडितहरूलाई स्थानीय प्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको थियो । त्यस्तै, विपद् व्यवस्थापनमा खटिने सुरक्षा निकायका लागि २० थान टेन्ट जिल्ला प्रशासन प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

करिब ४० लाख मूल्यबराबरको अस्थायी बसोबासका लागि सामग्री रहेको सांसद चन्दा चौधरीले बताइन् । महोत्तरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन प्रमुख तीर्थराज भट्टराईले बाढीपहिरो तथा आगलागीबाट घरबारबिहिनका लागि अस्थायी टेन्टलगायतका सामग्री सहयोग गरेकोमा महिलामैत्री समाज र भारत सरकारलाई धन्यवाद व्यक्त गरे । 

कार्यक्रममा प्रदेश २ सांसद, जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सो अवसरमा पीडितहरूको अस्थायी बसोबासका लागि ठूलो  टेन्ट-३० वटा , सानो टेन्ट-५५ वटा, मझौला टेन्ट-२५ वटा, त्रिपाल- १०० थान र प्लास्टिकको गुन्द्री-२०० वटा लागयतका सामग्री रहेको थियो ।
 

ad
ad