१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चाडपर्वका वेला उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:४o:oo

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको वेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडबाडको वेला कुनै पनि सामग्रीहरू अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए । उनले काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका सिडिओहरूले अनुगमन गर्ने भन्ने कुरा भइरहेकोले यस्तो अनुगमन अन्य जिल्लाहरूमा पनि लागू गर्न उनले मन्त्रालयलाई निर्देशन दिए ।

सभापति श्रीवास्तवले समितिले चाडबाडको वेलामा आवश्यक खाद्यान्नको तत्काल आपूर्ति गर्न पनि सरकारलाई निर्देशन दिएको जानकारी दिएका छन् ।

ad
ad