Skip This
कांग्रेस महाधिवेशन : स्याङ्जामा पौडेल पक्ष बलियो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Friday, 23 May, 2025
२o७८ असोज १२ मंगलबार १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : स्याङ्जामा पौडेल पक्ष बलियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १३:o५:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा स्याङ्जामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ। पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा दुई नगरपालिकामा मात्र  सभापति शेरबहादुर देउवा पक्ष विजयी भएको छ।

११ पालिका सभापतिमध्ये चापाकोटका विक्रमबहादुर सारू र गल्याङका श्यामप्रसाद बस्याल मात्र देउवा पक्षका हुन्। पाँच नगरपालिकामध्ये पुतलीबजारमा सुरजकुमार अधिकारी, वालिङमा नेत्रप्रसाद पाण्डे र भिरकोटमा यामप्रसाद अधिकारी सभापतिमा विजयी भएका छन्। विजयी तीनैजना पौडेल पक्षका हुन्।

गाउँ पालिकाहरूमा फेदीखोलामा महेन्द्र थापा, अर्जुनचौपारीमा विष्णु काफ्ले, आँधीखोलामा नरेन्द्रराज पौडेल, हरिनासमा टोपबहादुर भुजेल, बिरुवामा डोलराज पोख्रेल र कालिगण्डकीमा नरबहादुर राना सभापतिमा विजयी भएका छन्। गाउँपालिकामा विजयी सबै सभापतिहरू पनि देउवाइतर पक्षका हुन् ।

१२औँ र १३औँ महाधिवेशनमा बलियो पकड रहेको स्याङ्जामा यसपालि भने देउवा पक्ष कमजोर देखिएको छ। विगतमा देउवालाई साथ दिँदै आएका एक पूर्वसांसदले यसपालि गुट परिवर्तन गर्दा पौडेल पक्ष बलियो भएको हो। तर, देउवा पक्षले भने केन्द्रीय महाधिवेशनमा जे पनि हुन सक्ने भएकाले जिल्लामा प्रस्ट रूपमा समूह छुट्याउन नमिल्ने दाबी गरेको छ।

जिल्लामा चापाकोट नगरपालिकामा सर्वसम्मत रूपमा सभापति चयन हुँदा बाँकी पालिकामा निर्वाचन प्रक्रियाबाट सभापति चुनिएका हुन्।