१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Friday, 04 July, 2025
हेमन्त केसी जाजरकोट
२o७८ असोज १२ मंगलबार १o:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमै अक्सिजन प्लान्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १o:१३:oo

जाजरकोटबाट अक्सिजन भर्नकै लागि नेपालगन्ज जानुपर्ने बाध्यता अब हटेको छ। स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा ७५ लाखको अक्सिजन प्लान्ट खरिद भएपछि अक्सिजनको समस्य हल भएको हो। 

करिब ७५ लाख रुपैयाँमा प्लान्ट खरिद गरी स्वास्थ्य सेवा कार्यालयमा जडान कार्य जारी भएसँगै अक्सिजनको समस्या हल हुने भएको हो। कोभिड तथा अन्य समस्यामा परेका बिरामीहरूको उपचार गर्दा अक्सिजन नहुँदा दैनिक नेपालगन्जबाट अक्सिजन भरेर ल्याई काम हुँदै आएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतकाे भनाइ छ। 

अघिल्लोपटक भएको बोलपत्र आह्वानमा ठेकेदारले ठेक्का लिए पनि प्लान्ट खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो।