मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Monday, 14 July, 2025
२o७८ असोज १२ मंगलबार o६:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

किसानको घरमै पुगेर ग्लोबल आइएमई बैंकले गर्‍यो पशु बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार o६:२८:oo

भरतपुर–६, केशरबाघकी शिला न्यौपाने बैंकका म्यानेजरसहित पशु चिकित्सकको टोली घरमा आउँदा छक्कै परिन् । उनलाई लागेको थियो, बैंकले आर्थिक कारोबार मात्र गर्छ, तर शुक्रबार भने उक्त टोलीले उनको गोठको बिरामी गाईको उपचारसँगै परामर्श प्रदान गर्‍यो । भैँसी र गाई गरेर उनको गोठमा ६ वटा पशु छन् । १० दिनदेखि उनको गाईको कल्चौँडोमा समस्या देखिएको थियो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र चितवनका कार्यालय प्रमुख डा. दयाराम चापागाईं स्वयंले उक्त गाई परीक्षण गरी औषधिको बारेमा जानकारी गराए ।

दिनैभरि यो टिम पशु स्वास्थ्य सचेतना तथा प्राथमिक उपचार प्रदान गर्न व्यस्त रह्यो । ग्लोबल आइएमई बैंकको गीतानगर शाखाले कार्यालयकोे सामाजिक उत्तरदायित्वअन्तर्गत पशु स्वास्थ्य सचेतना तथा प्राथमिक उपचार कार्यक्रम गरेको थियो । स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको सहकार्यमा बैंकले कृषकलाई मध्यनजर गरी प्रशिक्षणसहितको पशुहरूको प्राथमिक उपचार कार्यक्रम गरेको ग्लोबल आइएमई बैंकको गीतानगर शाखाका शाखा प्रबन्धक देवेन्द्रराज अधिकारीले बताए । उनका अनुसार यो कार्यक्रमबाट यस क्षेत्रका करिब एक सय किसानले सेवा पाएका छन् । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र चितवनका प्रमुखसहित पशु चिकित्सकहरूबाट पशुपालक कृषकहरूलाई सामूहिक रूपमा पशु स्वास्थ्य सचेतना तथा तालिम प्रदान गरी  किसानको गोठमा नै गई पशुहरूको चेकजाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।