१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ असोज ११ सोमबार २१:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्यार्थी संगठनले लिपुलेक, कालापानी र लिम्पियाधुराको मुद्दा उठाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

Read Time : < 1 मिनेट
२०७८ असोज ११ सोमबार २१:५३:००

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले लिपुलेक, कालापानी र लिम्पियाधुराको मुद्दा उठाउनु विद्यार्थी संगठनको कर्तव्य भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा सोमबार सम्पन्न अखिल(क्रान्तिकारी)को बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । 

शैक्षिक र राजनीतिका अलवा राष्ट्रियताको मुद्दा पनि विद्यार्थी संगठनको महत्वपूर्ण मुद्दा भएको उनको भनाइ छ । उनले भने, ‘लिपुलेक लिम्पियाधुरा र कालापानीको समस्या उठाउनु विद्यार्थी संगठनहरूको कर्तव्य र दायित्व हो ।’  

फरक प्रसंगमा श्रेष्ठले केपी ओलीका कारण नेकपा राजनीतिक र सांस्कृतिक रूपमा समेत भ्रष्टीकरण भएकाले एमालेसँग सम्बन्ध विच्छेद गर्नुपरेको बताएको अखिल क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले जानकारी दिए । 

कार्यक्रममा माओवादी क्रेन्द्रका नेता हितमान शाक्यसहित केन्द्रीय नेताहरू नारायण दाहाल र दिलीप प्रजापतिले  प्रशिक्षण दिएका थिए । बैठकलाई  अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ,  महासचिव उत्तम अधिकारीसहित पूर्वअध्यक्षहरू लेखनाथ न्यौपाने र रत्न ढकालले सम्बोधन गरेका थिए ।