मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

सुधा रिसालको चित्रकथा 'पानी पानी' प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

सुधा रिसालको लेखन र सञ्जीव कँडेलको चित्रांकन रहेको 'पानी पानी' शीर्षकको चित्रकथा प्रकाशित भएको छ । “पानी पानी” दुई मुसा दाजुबहिनीको कथा हो । यस कथामा बहिनी मुसीको समुद्र हेर्ने इच्छापछि दाजुबहिनी मुसा समुद्रको खोजीमा जाँदाको यात्रालाई देखाइएको छ।

“पानी पानी” चित्रकथाले बालबालिकामा नयाँ कुराबारे जान्ने, बुझ्ने इच्छा र कौतुहलतालाई रमाइलो तरिकाले देखाएको छ। कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथाको मूल्य १५० रुपैँया तोकिएको छ ।