Skip This
डब्लुएचओले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

डब्लुएचओले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३o:oo

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। वाल स्ट्रिट जर्नलको रेपोर्टअनुसार डब्लुएचओको एक निकायले २० वैज्ञानिकहरूको एउटा टोलीलाई यसबारे थप नयाँ प्रमाण खोज्नका लागि भेला गर्दै छ ।  रेपोर्टअनुसार  कोभिड–१९ को उत्पत्तिबारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण पर्याप्त छैन ।

रिपोर्टमा भनिएको छ, 'वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरूसमेत सम्मिलित छन्, उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन–अनुसन्धान गर्नेछन्। अध्ययनले यस किसिमका भाइरस संक्रमणको भविष्यमा हुन सक्ने जोखिमलाईसमेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्नेछ।'

नयाँ पहलले अनुसन्धानलाई छिटो गर्न  र जोखिम कम गर्न मद्दत पु–याउने विश्वास व्यक्त गरिएको छ । यसअघि अगस्टमा अमेरिकाले कोभिड भाइरसको उत्पत्तिबारे एउटा रिपोर्ट जारी गरेको थियो । उक्त रिपोर्टलाई  बेइजिङले पूर्ण रूपमा राजनीतिक भएको तथा कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्वीकार गरेको थियो । त्यसबारे चिनियाँ उपविदेशमन्त्री मा झाओक्सुले कडा शब्दमा आपत्ति जनाउँदै अमेरिकाले भाइरस ट्रेसिङका नाममा अन्तर्राष्ट्रिय सहयोगमा विषाक्तता नथप्न र महामारीविरूद्धको लडाइँमा सही बाटो समात्न आग्रह गरेका थिए ।

यसैगरी, उक्त रिपोर्टको सारांशमा भनिएको छ, 'अमेरिकी खुफिया समुदाय (आइसी)का अनुसार  नोवेल कोरोनाभाइरसको उत्पत्ति अतिरिक्त जानकारीविना कहिल्यै पहिचान गर्न सकिँदैन।' रिपोर्टअनुसार अमेरिकी गुप्तचर समुदाय अझै पनि यस भाइरसको उत्पत्ति प्रयोगशालाबाट भएको हो वा जनावरबाट मानिसमा प्रवेश गरेको हो भन्नेबारे विभाजित छ।

डब्लुएचओ नेतृत्वको वैज्ञानिकहरूको एक टोली जसले २०२१ को सुरुमा चीनको यात्रा गरी भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने प्रयत्न गरेको थियो । रासस