१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा फेरि पहिरो : ६१ अंकले घट्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:४६:oo

सेयर बजार परिसूचक नेप्से ६१ अंकले घटेको छ । करेक्सनपछि बढ्ने संकेत दिएको बजारले फेरि उल्लेख्य घाटा व्यहोरेको हो । बजार अपेक्षाविपरीत करेक्सनतिर जाँदा लगानीकर्ता सशंकित बन्न पुुगेका छन् । साताको पहिलो कारोबारका दिन बजारप्रति लगानीकर्ता नाफा बुकमा लागेकाले बजार दबाबमा आएको हो । 

अघिल्ला सुुरुवातका दिनहरूको कारोबारमा बजार उच्च अंकले घटे पनि पछि सुधार देखिएपछि खुुसी हुने लगानीकर्तालाई आइतबारको बजारले भने थप निराश बनाएको छ । आइतबार ६१ दशमलव २७ अंकले घटेर बजार दुई हजार सात सय ५८ दशमलव ४८ बिन्दुुमा पुुगेको छ । २ प्रतिशतले घटेको नेप्सेमा १२ वटा समूूहका लगानीकर्ताले उल्लेख्य नाफा गुमाए भने म्युुचुुअल फन्डका लगानीकर्ताले भने सामान्य सन्तुष्टि जनाउने अवस्था आएको छ । माइक्रो फाइनान्स, जीवन बिमा, निर्जीवन बिमा, जलविद्युुत् समूूहलगायत समूूहका सूूचकमा सबैभन्दा बढी गिरावट आएको छ ।

आइसिएफसी फाइनान्स, घलेम्दी हाइड्रो, मल्टिप्रपोज फाइनान्स, बेस्ट फाइनान्स, माउन्टेन हाइड्रो, गुुडविल फाइनान्स, सिंगटी हाइड्रोपावर, प्रोगे्रसिभ फाइनान्स, खानी खोला हाइड्रोपावरको  सेयर मूूल्यमा गिरावट आउँदा यी कम्पनीका लगानीकर्ता सबैभन्दा बढी निराश बनेका छन् । यी कम्पनीले ८ देखि ७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

कारोबार रकममा हुन सकेन वृद्धि
सेयर कारोबार रकममा भने सुधार आउन सकेको छैन । अघिल्लो हप्तादेखि नै सेयर खरिद–बिक्रीमा सुधार आउन नसकेको हो । औसतमा सात अर्ब रुपैयाँसम्मको कारोबार भएकोमा आइतबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३३ कम्पनीको एक करोड ४४ लाख कित्ता सेयर खरिद–बिक्री हुुँदा ६ अर्ब ५० करोड रुपैयाँको मात्र कारोबार भएको छ । 
अरुण भ्याली हाइड्रोपावरको कम्पनीको सबैभन्दा धेरै अर्थात् ३३ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, फवार्ड कम्युुनिटी माइक्रो फाइनान्स, नबिल बैंक, कामना सेवा विकास बैंक, नेसनल हाइड्रोपावर, नेपाल बैंक, मेवा बैंक, कामना सेवा बैंकको ३१ करोडदेखि १६ करोड रुपैयाँसम्मको कारोबार भएको छ । 

 मानुषी लघुवित्तको सेयर सूचीकृत
मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएको छ । सर्वसाधारणलाई आइपिओ निष्कासन गरेको एक महिनापछि लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १० लाख ९३ हजार सात सय ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम एक सय ३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम तीन सय ९८ दशमलव ०७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको थियो । त्यसैअनुसार सोमबारदेखि लघुवित्तको सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

ad
ad