१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १२:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको ९५ लाखसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १२:३६:oo

स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। नागढुंगास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र  सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो। 

सागरको साथबाट ४५ लाख रुपैयाँ र कृष्णका साथबाट ५० लाख रुपैयाँ बरामद गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ। 

चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ६६४५ नम्बरको माइक्रोमा सवार उनीहरूले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए । उनीहरूले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको रघटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ad
ad