१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १२:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन सभापति देउवाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:२९:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि सुरु भएको पार्टीको गाउँ र नगर अधिवेशनमा स्वास्थ्य मापदण्ड पालना गरी सहभागी हुन आग्रह गरेका छन्। सभापति देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कार्यकर्तालाई अधिवेशनमा सहभागी हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न आह्वान गरेका हुन्।

अधिवेशनको प्रक्रियामा सहभागी कांग्रेसका नगर र गाउँ प्रतिनिधिलाई उनले शुभकामना व्यक्त गर्दै उनले प्रतिनिधिहरूले नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

'तपाईंहरूको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउनेछ। जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु,' सभापति देउवाले लेखेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको हो । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

ad
ad