१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बिक्री भएन यार्सागुम्बा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२१:oo

दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि खरीद गरिएको यार्सागुम्बा अझै विक्री हुन बाकी छ । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि स्वयं व्यापारी समेत समस्यामा छन् । ‘यार्सागुम्बा खरिद महंगोमा गरिएको छ तर अहिले मूल्य घटेको कारण पनि यार्सागुम्बा विक्रीको लागि काठमाडाैं लगेका छैनौं,’ व्यापारी धनसिह जागरीले भने ‘अहिले जिल्लामै स्थानीयबाट संकलनकोे काम भइरहेको छ ।’

अहिले यार्सागुम्बाको गुणस्तर अनुसार ९ लाखदेखि २० लाख रुपैयाँ मूल्य पुगेको छ । व्यापारीहरुले यार्सागुम्बा ग्रेडको आधारमा विक्री गर्ने गर्छन् । राम्रो मूल्यको प्रतिक्षामा रहेका व्यापारीले यार्सागुम्बा काठमाडौं लगेका छैनन् । अहिले व्यापारीले दार्चुला र भारतको धारचुला लगायतका क्षेत्रमा यार्सागुम्बा संकलन गरिरहेका छन् । यार्सागुम्बा खरिदका लागि विभिन्न क्षेत्रबाट व्यापारी सदरमुकाम खलंगामा महिनौदेखि बसेका छन् । 

भारतबाट व्यापारीहरुले लुकाइछिपाई नेपाल यार्सागुम्बा भित्र्याउने गर्छन् । नेपालमा मात्रै उत्पादन कम हुने गरेका कारण आफ आफूहरुले भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन् । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार शुक्रबारसम्म दार्चुलाबाट २७९ किलोग्राम यार्सागुम्बा निकासी गरिएको छ । कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका अनुसार ८ क्वीन्टल बढि यार्सागुम्बाको निकासी दिनेछ ।

यार्सागुम्बा निकासीबाफत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो ३० हजार रुपैयाँका दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुसम्बा निकासीबाफत ८३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतको रुपमा यार्सागुम्बा र जडीबुडी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।

ad
ad