१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेतृत्वलाई गगन थापाको प्रश्न : बेहाल अवस्थामा कहिलेसम्म पार्टी चलाइरहने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:२५:oo

नेपाली कांग्रेसका नेता गगन थापाले बेहाल अवस्थामा कहिलेसम्म पार्टी चलाइरहने भनेर नेतृत्वलाई प्रश्न गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत थापाले नेताले आदेश दिने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने थितिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

पार्टी अधिवेशनको मिति सरेपछि थापाले लेखेका छन्, ‘कति सजिलै सर्छ ? अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन ।कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने । वश, नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौँ । 

ad
ad