मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ७ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका विराटनगर
२o७८ असोज ७ बिहीबार १२:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दाका एक फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७८ असोज ७ बिहीबार १२:o८:oo

निक्षेपकर्ताको २७ लाख रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका  एक फरार अभियुक्त पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरबाट पक्राउ पुर्जी जारी भएका इलाम  जिर्मले स्थायी घर भई हाल इलामको रोङ गाउँपालिका– ६ बस्दै आएका ३३ वर्षीय केशव राईलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो।

राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतरा सुनसरीको सहायक पदमा रहँदा निक्षेपकर्ता पार्वती विष्टको खाताबाट  किर्ते दस्तखत गरी विभिन्न मितिमा २७ लाख रुपैयाँ अपचलन गरेका थिए। उनलाई प्रहरीले ५ असोजमा इटहरीस्थित तुलसा टोलबाट  पक्राउ गरेको हो।

राईलाई उच्च अदालत विराटनगरमा बैंकिङ कसुर मुद्दामा बुधबार सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।