Skip This
दुई महिनामा १ प्रतिशत पनि पुँजीगत खर्च भएन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
कृष्ण रिजाल काठमाडौं
Invalid date format o६:३५:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई महिनामा १ प्रतिशत पनि पुँजीगत खर्च भएन

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:३५:oo

सरकार फेरिए पनि खर्च गर्ने प्रवृत्ति पुरानै, आर्थिक वर्षका दुई महिनामा चालू खर्च साढे ५८ अर्ब हुँदा पुँजीगत खर्च साढे दुई अर्ब मात्र

३० असारमा अर्थमन्त्रीका रूपमा अर्थ मन्त्रालय प्रवेश गर्दै गर्दा जनार्दन शर्माले पुँजीगत खर्च वृद्धिको एजेन्डा बनाउने घोषणा गरे । उनले पुँजीगत खर्च गर्नै नसक्ने र असारमा आएर खर्च गर्ने प्रवृत्तिमा सुधार ल्याउने आफ्नो योजना रहेको सुनाए । तर, उनले अर्थ मन्त्रालय सम्हालेको दुई महिना बितिसक्दा समेत पुँजीगत खर्चमा कुनै सुधारको संकेत देखिएको छैन । बरु, अघिल्ला वर्षको भन्दा कम खर्च भएको तथ्यांकले देखाउँछ । 

चालू आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा समेत पुँजीगत खर्च १ प्रतिशत पुग्न सकेको छैन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार ४ असाेजसम्ममा दुई अर्ब ६१ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । जुन विनियोजित पुँजीगत बजेट चार खर्ब ३५ करोडको ०.६ प्रतिशत मात्रै हो । अर्थात्, दुई महिनामा सरकारले १ प्रतिशतसमेत पुँजीगत खर्च गर्न सकेको छैन । 

सरकार फेरिए पनि खर्च गर्ने प्रवृत्ति भने उस्तै देखिन्छ । गत आवको सुरुको दुई महिनाको तुलनामा यस आवमा सरकारको पुँजीगत खर्च झन् कम देखिएको छ । अंक र अनुपात दुवैमा गत वर्षको भन्दा कम पुँजीगत खर्च भएको हो । ४ असाेजसम्म भएको खर्च गत आवको सोही अवधिको तुलनामा ०.४६ प्रतिशत बिन्दुले कमी हो । रकमका आधारमा एक अर्ब १४ करोडले कम खर्च भएको हो । गत आव ०७७/७८ को पहिलो दुई महिनामा सरकारले तीन अर्ब ७५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको थियो । जुन विनियोजित बजेटको १.०६ प्रतिशत हुन आउँछ । 

 अर्थमन्त्री भन्छन्, ‘मासिक १० प्रतिशत खर्च गर्छौँ’ 
अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय सम्हालेको दुई महिनामा १ प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन । तर, अर्थमन्त्री शर्माले अब हरेक महिना कम्तीमा १० प्रतिशत पुँजीगत खर्च गर्ने घोषणा गरिसकेका छन् । पुँजीगत खर्च वृद्धि गर्ने योजना बनिसकेको भन्दै उनले मासिकन्यूनतम १० प्रतिशत पुँजीगत खर्च हुने बताएका छन् । बजेटमा बढेको राजनीतीकरण र खर्च गर्नै नसक्ने प्रवृत्तिले गर्दा मासिक १० प्रतिशत पुँजीगत खर्च गर्न सहज भने नदेखिएको सरोकारवाला बताउँछन् ।

 राजस्व वृद्धि उत्साहप्रद
खर्चमा कमजोर देखिएको सरकारको राजस्व संकलन भने उत्साहप्रद देखिन्छ । दुई महिनामा सरकारले एक खर्ब ७६ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको १५.३१ प्रतिशत हो । चालू आवमा सरकारले कुल ११ खर्ब ५१ अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । 

 कुल खर्च पौने ६ प्रतिशत पुग्यो
सरकारले दुई महिनामा ५८ अर्ब ५९ करोड रुपैयाँ साधारण खर्च गरेको छ । जुन कुल विनियोजित चालू बजेट १० खर्ब चार अर्बको ५.८३ प्रतिशत हो । यस अवधिमा सरकारले वित्तीय व्यवस्थातर्फ १३.८२ प्रतिशत अर्थात् २८ अर्ब ७३ करोड खर्च गरिसकेको छ । हालसम्म सरकारको कुल खर्च ८९ अर्ब ९४ करोड पुगेको छ । जुन कुल बजेट १६ अर्ब ४७ करोडको ५.४६ प्रतिशत हो । 

राष्ट्रिय सभाबाट विनियोजन विधेयक स्वीकृत
 प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक २०७८’ स्वीकृत भएको छ । राष्ट्रिय सभाको दोस्रो बैठकमा मंगलबार अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । 

यसअघि सोमबार प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०७८ बहुमतले पारित भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे । उनले सो विधेयकका विभिन्न शीर्षकहरूमाथि समूहकृत रूपमा छलफलमा भाग लिनका लागि आगामी असोज ७ गते बिहीबारका लागि समय तोकिएको पनि जानकारी दिए ।

बैठकको एक दिनअघि सो विधेयकमाथिका विभिन्न शीर्षकमा छलफलमा भाग लिन चाहने सांसदहरूलाई दलीय आधारमा आफ्नो नाम उपलब्ध गराउन पनि अध्यक्ष तिमिल्सिनाले आग्रह गरे । राष्ट्रिय सभाको अर्को बैठक असोज ७ गते बिहीबार अपराह्न २ बजेका लागि बोलाइएको छ ।