१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

काठमाडौंमा 'मिसेस नेपाल वर्ल्ड' आयोजना हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:४६:oo

रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आइरहेको 'मिसेस नेपाल इन्टरनेसनल' नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि मिसेस नेपाल वर्ल्डका रूपमा आयोजना हुन लागेको छ। सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई मिसेस नेपाल वर्ल्डको रूपमा आयोजना हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ।

यस वर्ष मिसेस नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासँगै यस कार्यक्रमको बिजेताले सन् २०२२  को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन्। यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एम. एस. नेपाल इन्टरनेसनल गरी तीनजना बिजेताहरूको छनोट गर्नेछ। 

यसैगरी, मिसेस इन्टरनेसनल नेपाल तथा एम. एस. नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एम. एस. इन्टरनेसनलमा सहभागिता जनाउनेछन्। 

यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ। 
विगतका वर्षहरूमा झैँ सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरि  विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले ''क्यान्सरविरुद्धको जनचेतना अभियानलाई'' वर्षको मुद्दा बनाएको छ।  

ad
ad