१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१६:oo

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। लागुऔषध मुद्दामा कैद भुक्तान गर्न बाँकी फरार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा १२ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौँडा उपमहानगरपालिका–१२ का सुनीलसिंह तामाङ भन्ने सुनील थिङ र हेटौँडा उपमहानगरपालिका–९ का ४० वर्षीय राजकुमार कोइराला रहेका छन् ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।