१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ३ आइतबार १९:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ओमानले नेपाललाई दियो १२२ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ३ आइतबार १९:३३:oo

आइसिसी वर्ल्ड क्रिकेट लिग- २ मा नेपाललाई ओमानले एक सय २२ रनको लक्ष्य दिएको छ। मस्कटस्थित अल अमरेट क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि सन्दीप लामिछाने  र करण केसीले समाना चार–चार विकेट लिए। खेलमा शरद भेषावकरले दुई विकेट लिए। सन्दीपले ८.१ ओभरमा दुई मेडनसहित १८ रन खर्चेर चार विकेट लिएका थिए।

त्यस्तै, करणले आठ ओभरमा एक मेडनसहित २५ रन खर्चेर चार विकेट लिए। घरेलु टोली ओमान ३७.१ ओभरमा एक सय २१ रनमा अलआउट भयो। ओमानका लागि जिशान मकसुदले ६६ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिए।